लाइभ ट्रान्स्क्राइब र सूचना

४.१
२.५८ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसनले तपाईंको Android फोन प्रयोग गरेकै भरमा कान नसुन्ने वा कम सुन्ने मान्छेहरूलाई दैनिक कुराकानी गर्न र वरपरको आवाजका बारेमा थाहा पाउन सघाउँछ।

अधिकांश डिभाइसहरूमा तपाईं यी चरणहरू पूरा गरेर लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन खोल्न सक्नुहुन्छ:
१. आफ्नो डिभाइसको सेटिङ एप खोल्नुहोस्
२. एक्सेसिबिलिटीमा ट्याप गर्नुहोस्
३. आफूले प्रयोग गर्न चाहेको सुविधाका आधारमा लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसनमा ट्याप गर्नुहोस्

तपाईं एक्सेसिबिलिटी बटन, जेस्चर वा द्रुत सेटिङ प्रयोग गरेर पनि लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसन सुरु गर्न सक्नुहुन्छ (https://g.co/a11y/shortcutsFAQ)।

तुरुन्तै ट्रान्स्क्राइब गर्ने सुविधा
• १२० वटाभन्दा बढी भाषा तथा भाषिकाहरूमा तुरुन्तै ट्रान्स्क्रिप्सनहरू प्राप्त गर्नुहोस्। कुनै व्यक्ति वा घरायसी सामग्रीका नामहरू जस्ता आफूले प्रायः प्रयोग गरिरहने कस्टम शब्दहरू हाल्नुहोस्।
• कसैले तपाईंको नाम बोलाउँदा आफ्नो फोन भाइब्रेसन हुने गरी सेटिङ मिलाउनुहोस्।
• कुराकानी गर्दा जवाफहरू टाइप गर्नुहोस्।
• तारसहितको हेडसेट, ब्लुटुथ हेडसेट र USB माइकमा हुने बाह्य माइक्रोफोन प्रयोग गरी अझ स्पष्ट अडियो सुन्नुहोस्।
• फोल्डेबल फोनमा अरूसँग कुराकानी गर्न सजिलो होस् भन्नाका लागि त्यसको बाहिरी स्क्रिनमा ट्रान्स्क्रिप्सन तथा टाइप गरिएका जवाफहरू देखाउनुहोस्।
• ट्रान्स्क्रिप्सनहरू ३ दिनसम्म सेभ गर्ने विकल्प छनौट गर्नुहोस्। सेभ गरिएका ट्रान्स्क्रिप्सन तपाईंको डिभाइसमा ३ दिनसम्म रहने भएकाले तपाईं ती ट्रान्स्क्रिप्सन कपी गरेर अन्यत्र पेस्ट गर्न सक्नुहुन्छ। डिफल्ट सेटिङअनुसार ट्रान्स्क्रिप्सनहरू सेभ गरिँदैनन्।

साउन्ड नोटिफिकेसन
• धुवाँसम्बन्धी अलार्म बज्दा वा बच्चा रुँदा आउने आवाज जस्ता तपाईंको वरपर आउने महत्त्वपूर्ण आवाजका बारेमा नोटिफिकेसन प्राप्त गर्नुहोस्।
• तपाईं आफ्ना उपकरणहरू बज्दा नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ भने कस्टम साउन्डहरू हाल्नुहोस्।
• तपाईंको वरपर के भइरहेको छ भन्ने कुरा थाहा पाउन विगत १२ घण्टाका आवाजहरूको समीक्षा गर्नुहोस्।

आवश्यक पर्ने कुराहरू:
• Android १२ वा सोभन्दा नयाँ संस्करण

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप सं. रा. अमेरिकामा कान नसुन्ने र कम सुन्ने व्यक्तिहरूका लागि स्थापित अग्रणी विश्वविद्यालय Gallaudet University सँगको सहकार्यमा निर्माण गरिएको हो।

मद्दत र प्रतिक्रिया
• प्रतिक्रिया दिन र उत्पादनसम्बन्धी अद्यावधिक जानकारी प्राप्त गर्न https://g.co/a11y/forum मा गई Accessible Google समूहमा सामेल हुनुहोस्
• लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप प्रयोग गर्ने सम्बन्धमा मद्दत चाहिएमा https://g.co/disabilitysupportमा गई हामीलाई सम्पर्क गर्नुहोस्

अनुमतिसम्बन्धी सूचना
माइक्रोफोन: लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसनले तपाईंको वरपर भएका मान्छेहरूले बोल्ने कुरा र अन्य साउन्डहरू ट्रान्स्क्राइब गर्ने प्रयोजनका लागि माइक्रोफोन प्रयोग गर्नु पर्ने हुन्छ। ट्रान्स्क्रिप्सन तयार भएपछि वा आवाज पत्ता लागेपछि अडियो भण्डारण गरिँदैन।
नोटिफिकेसनहरू: साउन्ड नोटिफिकेसनले तपाईंलाई आवाजहरूका बारेमा जानकारी दिने प्रयोजनका लागि नोटिफिकेसन एक्सेस गर्नु पर्ने हुन्छ।
नजिकैका डिभाइसहरू: लाइभ ट्रान्स्क्राइबले तपाईंका ब्लुटुथ माइक्रोफोनसँग कनेक्ट गर्ने प्रयोजनका लागि नजिकैका डिभाइसहरू एक्सेस गर्नु पर्ने हुन्छ।
मा अपडेट गरिएको
२०२६ मार्च ११

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, अडियो र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
डेटा मेटाउन सकिएन
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.१
२.५२ लाख समीक्षाहरू

नयाँ के छ

• ट्रान्स्क्रिप्ट पढ्न सजिलो बनाउन नयाँ भिजुअल लाइन ब्रेकहरू समावेश गरिएका छन्।
• टेक्स्टको आकारका स्लाइडर, पिन्च गरेर जुम गर्ने जेस्चर, लो भोल्युम TTS कन्ट्रोल र ट्रान्स्क्रिप्ट स्क्रोलिङ जस्ता अन्तर्क्रियात्मक एलिमेन्टहरूमा टच फिडब्याक।
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
Google LLC
support@google.com
1600 Amphitheatre Pkwy Mountain View, CA 94043-1351 United States
+1 650-253-0000

यस्तै एपहरू